बाल सुधार गृहमा मच्चियो रडाको, गृहमा आगजनी र तोडफोड

असल शासन प्रतिनिधि

बाल सुधार गृहमा मच्चियो रडाको, गृहमा आगजनी र तोडफोड

नेपालगन्ज/ नेपालगन्जमा रहेको बालसुधार गृहमा बबाल मच्चिएको छ । गृहमा रहेका बालबालिका र गृह प्रशासन बिच भएको बिबादले उग्र रुप लिए पछि गृहमा तोडफोड र आगजनी भएको छ ।

बिभिन्न मुद्दामा परेर सुधारगृहभित्र राखिएका बालबालिकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको प्रहरीले जनाएको छ ।

सुधारगृहमा रहेका बालबालिका मधे केहीलाई काठमाडौं लगायतका स्थानमा स्थानान्तरण गर्न थालेको लगायतका बिषयमा प्रशासन र बालबालिका बिच भएको बिबाफ चर्किदै गएपछि उनीहरु तोडफोड र आगजनीमा उत्रिए ।

बाल सुधार गृहमा बिहीबार राती भएको यस घटनालाई नियन्त्रणमा लिन प्रहरी पुगि सक्दा समेत घटना नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा लिन नेपालगन्जबाट दमकल पुगिसकेको छ । बालगृहमा कुल २ सय २३ जना रहेका छन् ।

उनीहरुबीच पटक-पटक कुटाकुट हुुँदै आएको थियो ।

 

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech