फागुन १४ गते पुरैनीमा रक्तदान हुदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज । नेपाल रेडक्रस सोसईटी पुरैनी उपशाखाले रक्तदान गर्ने भएको छ ।
शनिबार शाखा कार्यालय पुरैनीमा भएको संघसंस्था समन्वय बैठकले फागुन १४ गते बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो । रगतको अभाव कम गर्न रक्तदान जिवनदान भन्ने उद्धेश्यका साथ रक्तदान कार्यक्रम गरिने भएको हो ।
नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाका सभापति शिव कुमार बर्माको अध्यक्षतामा भएको समन्वय बैठकमा बोल्दै गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले रक्तदान कार्यक्रमका लागि गरिएको समन्वय बैठकले कार्यक्रमलाई थप प्रभवकारी बनाउने बताए। उनले कार्यक्रममा गैससको आवश्यक सहकार्य रहने प्रतिबद्धता गरे । समन्वय बैठकमा गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, कोपिला महिला कृषि सहकारीका अध्यक्ष खगेश्वरी रावत, नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, जिल्ला युवा क्लब संजाल बाँकेका मनमोहन बर्मा, युवा घरका अध्यक्ष मन भण्डारी, नियमित रक्तदाता तथा समाजसेवी पवन जैसवाल, रेडक्रस बेतहनी उपशाखा सदस्य समसुद्दिन खाँ, संत निरंकारी मण्डलका शंकर बस्याल, साना किसान कृषि सहकारी संस्थाकी अम्बिका गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech