देशभरका ७५३ स्थानीय तहमा बाँकेको नरैनापुर उत्कृष्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज । देशभरका ७५३ स्थनीय तहहरुको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका उत्कृष्ट हुन सफल भएको छ ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार सबैभन्दा धेरै ७८ दशमलव ५१८६ अंक प्राप्त गरि नरैनापुर गाँउपालिका उत्कृष्ट प्रथम हुन सफल भएको हो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्यूठानको प्यूठान नगरपालिका ७७ दशमलव २६१४ अंक प्राप्त गर्दै दौश्रो स्थान प्राप्त गर्न सफल भएको छ । तेस्रो स्थान भने म्याग्दीको मंगला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक प्राप्त गरि हासिल गर्न सफल भएको छ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो ।
विकास निर्माणको हिसाबले बाँकेको सबै भन्दा पछाडी परेको तथा सुगमताबाट समेत बिमुखको सूचिमा रहदै आएको नरैनापुर गाँउपालिका देशकै उत्कृष्ट पालिका भएसँगै नरैनापुर गाँउपालिका र सिंगो बाँके जिल्ला का लागि खुसीको कुरा भएको गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।
गाउँपालिकाकोे कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यमा निरन्तर कार्यपालिका तथा कर्मचारीहरुको टिम लागिपरेका कारण उपलब्धी पूर्ण नतिजा आएको नरैनापुर गाँउपालिकाका लेखपाल प्रकाश अधिकारीले असल शासनलाई बताए । उनले आगामी दिनमा पालिकाको कार्य सम्पादन थप प्रभावकारी हुनै जाने विश्वास ब्यक्त गरे ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech