पब्लिक स्पिच बाँके शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच कम्पिटिसन (सार्वजनिक मन्तव्य प्रतियोगिता) को पहिलो अडिसन सम्पन्न भएको छ ।

बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

बास नेपालको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा बिभिन्न बिद्यालय, कलेजका ३५ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा उद्योगी, व्यवसायी तथा के.एल दुग्गड ग्रुपका महाप्रबन्धक प्रदिप छाछेड, नेपाल बार एसोसिएसनका पूर्ब केन्द्रीय उपाध्यक्ष प्रहलाद बहादुर कार्की, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सदस्य मो. आरिफ अन्सारी, बास नेपालका सल्लाहकार, महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका सह—प्राध्यापक रुद्र प्रसाद तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए । अतिथीहरुले बौद्धिक क्षमताको बिकासका लागि यस्ता गतिविधिहरु महत्वपूर्ण भएको बताएका थिए ।

बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहाुदुर मलातीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रमको समापन बास नेपालका केन्द्रीय कार्यबाहक अध्यक्ष शिब कुमार बर्माले गरेका थिए ।

प्रतियोगिताको अडिसन राउण्डमा सहभागिहरुले आफै बिषय छनौट गरि बोलेका थिए जसको लागि ३ मिनेटको समय दिईएको थियो । ३५ जना सहभागिहरु मध्येबाट उत्कृष्ट बक्तव्य दिने १९ जना प्रतियोगिहरु अन्तिम चरणका लागि छनौट भएका छन् ।

निर्णायकको भुमिकामा महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका सह—प्राध्यापक रुद्र प्रसाद तिमिल्सिना, ठूलीभेरी नगरपालिका डोल्पाका लेखा अधिकृत सन्तोष खड्का र साहित्यकार दिला शाह रहेका थिए । निर्णायक तिमिल्सनाले प्रतियोगिताका नियमहरु र नतिजा सार्वजनिक गरेका थिए । द्धय निर्णायक खड्का र शाहले प्रतिष्पर्धी प्रतियोगीहरुलाई पृष्टपोषण दिएका थिए ।

के.एल. दुग्गड ग्रुप मूख्य प्रायोजक रहेको प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका, सफल अटो मोटर पार्टस, युवा घर, नेपाल टेलिकम, राप्तीसोनारी गाउँपालिका, बाँके सिएसटि होटेल एण्ड पार्टी प्यालेसको सहयोगमा प्रतियोगिता भएको थियो ।

अन्तिम अडिसन २०७९ फाल्गुण १६ गते गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तोना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ भने रु. ५ हजार नगद सहित पब्लिक च्वाईस अवार्ड प्रदान गरिनेछ ।

पहिलो अडिसनका सहभागिहरु मध्येबाट सामाजिक सञ्जालमा सबै भन्दा बढि लाईक, शेयर गर्न सफल एक प्रतियोगिलाई पब्लिक च्वाईस अवार्ड प्रदान गरिनेछ भने अन्य मुल्याँकन प्रतियोगिताको मुल्याँकनका आधारहरु मार्फत मुल्याँकन गरि नतिजा सार्वजनिक गरिनेछ । अन्तिम अडिसनका सहभागिहरुलाई प्रतियोगिताका लागि ५ मिनेटको समय दिईनेछ ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech