४८ जनालाई ८० लाख रुपैयाँ लगानी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिलाई लगानी गर्न थालेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा संचालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर वडा नम्बर ४, ७, ८, ९, ११ र २० का ४८ जनालाई न्यूनतम् २५ हजार रुपैयाँदेखि अधिकतम् २ लाख रुपैयाँ प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगन्ज २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आइतबार चेक हस्तान्तरण गरेका छन् ।

‘सानो स्केलमा व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिहरुलाई आर्थिक सहजताका लागि लगानी गर्ने उद्देश्य अनुसार चेक रकम हस्तान्तरण गरेका हौं, वडा अध्यक्ष धोवीले भने,‘खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएको बर्ग, अल्पसंख्यकहरुको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेका हौं ।’ नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवसायीहरु खुसी र उत्साहित भएको धोवीले सुनाए ।

 

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech