१ सय ५ ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ मा १ सय ५ ज्येष्ठ नागरिकले निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिएका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला कार्यसमिति बाँकेको आयोजना र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को समन्वय तथा सहकार्यमा संचालित एक दिने निशुल्क शिविरको अवसरमा ज्येष्ठ नागरिकले स्वास्थ्य लाभ लिएका हुन् ।

उपभोक्ताहरुको हक हितका निम्ति काम गर्ने उद्देश्यले स्थापना भएको महासंघले नेपालगन्जको १२ नम्बर वडाबाट सामाजिक काम गर्दै आफ्नो कार्यको शुभारम्भ पनि गरेको महासंघ बाँकेको वरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी विन्दु चर्तीमगरले जानकारी दिइन् । शिविरमा स्वास्थ्य परीक्षण गरिएका मध्ये समस्या भएका बिरामीलाई विशेषज्ञ डाक्टरले रिफर गरेको वरिष्ठ उपाध्यक्ष चर्तिमगरले बताइन् ।
महासंघले आफ्नो वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य सुधारका निम्ति शिविर आयोजना गरेर महत्वपूर्ण सहयोग गरेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले बताए ।

महासंघ अध्यक्ष एवम् शिविर संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्ण, मेडिकल अफिसरहरु डा. राहुल कुर्मी, डा.सवाना मुकेरी, डा.उर्वशी गुप्ता र डा. धिरज गिरी सहितको टिमले स्वास्थ्य परीक्षण गरेका थिए ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech