चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम बिनायक नगरपालिका वडा नम्बर ६ तोलीका ३६ वर्षीय तुलबहादुर बिक र जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ राउत वाडाका ५० वर्षीय तुलबहादुर खत्री रहेका छन् ।

कैलाली लम्की–चुहा नगरपालिका वडा नम्बर ०३ टुक्की बजारमा तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट प्र.नि. टेक बहादुर जोराको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले कुइनेदेखि चिसापानीतर्फ आउँदै गरेको बिकले चलाएको से५प८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

तुलबहादुर खत्रीको साथमा रहेको रातो पहेलो रंगको जेब्रा झोला चेकजाँच गर्दा ७ फिट १० इन्च लम्बाइ र ४ फिट ७ इन्च चौडाइ भएको चितुवाको एक थान छाला र वन्यजन्तुको जस्तो देखिने २ किलो ९५० ग्राम विभिन्न भागका हड्डी फेला परेको प्रहरीले जनाएको छ ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech