`बन फडानी गर्नेहरु धोखेबाज हुन्´

माधव कार्की

नेपालगञ्ज/ लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री दुर्गा प्रसाद चौधरीले बन फडानी गर्नेहरुलाई राज्यलाई धोका दिने धोकेबाज भएको बताएका छन् ।

मन्त्री चौधरीले बास नेपाल र डिभिजन बन कार्यालय बाँकेको आयोजनामा शनिवार सम्पन्न बनसँग सेलिब्रेटी कार्यक्रममा चर्चित कलाकार एलीना चौहानको गितलाई लक्षित गर्दै उनको निकै भाईरल गित धोकेबाज हौ तिमि जस्तै बन तथा बाताबरणमा हानी नोक्सानी गर्नेहरुलाई पनि धोकेबाज भन्न जरुरी रहेको बताएका हुन् । मन्त्री चौधरीले बन संरक्षणका लागि सबै लाग्नु पर्ने बताए ।

कार्यक्रमकी मुख्य आकर्षण तथा अहिलेकी निकै भाईरल गायिका एलिना चौहानले आफ्ना हिट गित प्रस्तुत गर्नु भन्दा पहिले आयोजकको निकै प्रशंसा गरेकी थिईन् ।

अहिले सम्म आफु बिभिन्न गित मात्र गांँउदै हिँड्ने गरेता पनि यस कार्यक्रमबाट आफुले कलाकारिताको माध्यमबाट बिभिन्न जनचेतना मुलक सन्देश पनि दिन सकिने रहेछ भन्ने कुराको जानकारी पाएको बताईन् । साथै उनले आफना बिभिन्न हिट गितहरु प्रस्तुत गरी माहोल तताएकी थिईन् ।

कार्यक्रममा डिभिजनल बन अधिकृत अजीत कुमार कर्णले डढेलो नियन्त्रण तथा बन क्षेत्रका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले डढेलो नियन्त्रण तथा बन तथा बाताबरण फडानी नियन्त्रण गर्न युवाहरुको सहयोग आबश्यक रहेको बताए ।

डढेलो नियन्त्रण सम्बन्धी बास नेपालले तयार पारेको डकुमेन्ट्री राधा प्रस्तुत गरिएको कार्यक्रममा तीन सय बढिको सहभागीता रहेको थियो ।

बास नेपालका कार्यबाहक अध्यक्ष शिब कुमार बर्माको अध्यक्षता रहेको कर्यक्रममा डिभिजन बन कार्यलयका सुचना अधिकारी तथा बन अधिकृत गणेश खडकाले स्वागत मन्तब्य राखेका थिए भने बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारी र कार्यक्रम सहायक अशोक रावलले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • १३ फाल्गुन २०७९, शनिबार प्रकाशित

  • Nabintech