बाँकेमा पहिलो पटक खेलकुद कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जमा पहिलो पटक मन्टेश्वरीमा अध्ययनरत बालवालिकाहरुका लागि खेलकुद कार्यक्रम आयोजना गरिएको छ ।
वालवालिकाहरुको बौद्धिक बिकास मात्रै नभएर सर्वागिण विकास होस भन्ने उद्धेश्यले मन्टेश्वरी एसोसियसनको आयोजनामा उक्त खेलकुद कार्यक्रम गरिएको हो ।
बाँके जिल्लामा रहेका विभिन्न पालिकामा सञ्चालीत ९ ओटा मन्टेश्वरीमा अध्ययनरत बालवालिकाहरुको सहभागिता रहेको खेलकुद कार्यक्रममा बालवालिकाहरुका लागि विभिन्न ८ ओटा खेलहरु खेलाईएको थियो । जम्पींग, थ्रोबल लगायत खेलहरु खेलाएको कार्यक्रममा सहभागि बालवालिकाहरु पहिलो पटक फरक फरक मन्टेश्वरीहरुका सहभागिहरुसँग खेल खेल्न पाउदा निकै रमाएका थिए । सधै मन्टेश्वरी भित्र मात्रै सिमित बालवालिकाहरुलाई खुल्ला ठाँउमा लगेर खेलहरुमा सहभागि गराउदा बालवालिका सँगै उनका अभिभावकहरु समेत खुसी देखिन्थे । खेलकुद कार्यक्रममा सहभागि ९ ओटा मन्टेश्वरीका ८/८ जना गरी ७२ जना बालवालिकाले खेलमा सहभागिता जनाएका थिए । खेलकुद कार्यक्रममा सहभागिता जनाएका बालवालिकाहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

जिल्ला मै पहिलो पटक मन्टेश्वरीको सहभागितामा खेलकुद कार्यक्रमको आयोजना गरिएको मन्टेश्वरी एसोसियसनका अध्यक्ष लुना बुढाथोकीले बताईन् । उनले मन्टेश्वरीको सिमा भित्र मात्रै नराखेर फरक फरक मन्टेश्वरीका बालवालिकाहरुलाई एकै स्थानमा लगेर कार्यक्रम आयोजना गर्दा बालवालिकाहरु मानसिक मात्रै नभएर शारिरिक विकासमा समेत टेवा पुग्ने बताईन । खेलकुद कार्यक्रमले मन्टेश्वरी, बालवालिका र अभिभावक सबैबाट सकारात्मक प्रतिक्रिया आएकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताईन ।
मन्टेश्वरी एसोसियसनका उपाध्यक्ष दुर्गा बजगाईले सञ्चालन गरेको खेलकुद कार्यक्रममा स्वागत कोषाध्यक्ष सिमा थापाले गरेकी थिईन भने धन्यबाद ज्ञापन सहित खेलकुद कार्यक्रमको समापन मन्टेश्वरी एसोसियसनका अध्यक्ष लुना बुढाथोकीले गरेकी थिईन् । खेलकुद कार्यक्रममा नोवेल प्रि मन्टेश्वरी कोहलपुर, लिटिल होराईजन नेपालगन्ज, खुसीघर मन्टेश्वरी बैजनाथ, साईनिंग स्टार खजुरा, क्रियटिभ चिल्डे«न होम नेपालगन्ज, द नेपालगन्ज पव्लीक, ग्रेट मन्टेश्वरी बैजनाथ, स्मल हेवेन कोहलपुर र मोर्डन क्रियटिभ चिल्डे«नजोन नेपालगन्जले बालवालिकाहरुलाई सहभागि गराएका थिए । कार्यक्रम फाल्गुन १२ गते भएको थियो ।

  • १४ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech