युवा घरले नियमित रुपमा युवा सम्वाद गर्ने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/युवाका क्षेत्रमा क्रियाशिल संस्था युवा घर (युथ होम) ले नियमित रुपमा युवा सम्वाद गर्ने भएको छ ।

संस्थाको फाल्गुण १४ गते सम्पन्न बैठकले युवाका बिभिन्न बिषयहरुमा नियमित रुपमा सम्वाद गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा बसेको बैठकले युवासँग सरोकार राख्ने संस्थाहरुसँग सहकार्य गर्दै युवाका क्षेत्रमा बिभिन्न रचनात्मक कार्य गर्ने निर्णय गरेको छ ।

बैठकले नियमित रुपमा युवा सम्वाद, युवाहरुको क्षमता बिकासका लागि युथ क्याम्प, युवाहरुका क्षेत्रमा कार्य गर्ने व्यक्ति, संस्थाहरुलाई सम्मान, युवा केन्द्रीय प्रकाशन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

युवाहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास, युवाहरुको सशक्तिकरण, युवा सवालहरुका बिषयमा पैरवी गर्ने उद्धेश्यका साथ स्थापित युुवा घरले संस्थाको सल्लाहकार मनोनित समेत गरेको छ । संस्थाले सल्लाहकारमा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, बासका निबर्तमान अध्यक्ष रमेश सिटौला र नेपालगञ्ज उपमहानगरपालिकाका निबर्तमान उपप्रमुख उमा थापा मगरलाई मनोनित गरको छ ।
बैठकमा मनोनित सल्लाहकारहरुलाई टिका, खादा लगाई बधाई ज्ञापन गरिएको थियो ।

  • १४ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech