राँझामा घन्कियो देउडा, झुमे स्थानीयहरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको राँझा बिमानस्थल स्थित पशुपती मन्दिरको प्राङ्गणमा फाल्गुन १५ गते देउडा कार्यक्रम सम्पन्न भएकोछ ।

कला सँस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले हरेक महिनाको १५ गते आयोजना हुने डेउडा साँस्कृतिक कार्यक्रम यस पटक पनि धुमधामका साथ सम्पन्न भएकोछ ।

देउडा खेलमा पुरुष खेलाडी तर्फ बाजुरा जिल्लाका गङग बहादुर शाही, अछामका रतन बुढा, सर्जन क्षेत्री, महिला खेलाडी तर्फ बाजुरा  जिल्लाकी तृथा खर्त्री,  मुगुकि सबिता जैसी, हुम्लाकी पिउली सुनार लगाएत थुप्रै कलाकारहरुको सहभागी रहेको थियो।

२००० भन्दा बढी दर्शकको सहभागिता रहेको उक्त कार्यक्रममा आयोजक कमिटीको तर्फबाट पवनराज उपाध्याय र खगेन्द्र न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

  • १६ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech