पब्लिक स्पिच बाँके, सिजन १ को उपाधी कृतिलाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/Public Speech Banke, season-1 (पब्लिक स्पिच बाँके, सिजन १) को उपाधि युनाईटेड एकेडेमी नेपालगन्जकी कृर्ति फुयालले हात पारेकी छिन् ।
बाँके जिल्लाका विभिन्न बिद्यालय तथा क्याम्पसका ३५ जना सहभागिहरुलाई दुई चरणमा पछि पार्दै आज नेपालगन्जमा सम्पन्न फिनालेमा उनले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै कृतिले नगद रु. १५ हजार सहित प्रमाण पत्र र ट्रफि हात पार्न सफल भएकी छिन् ।


यसैगरी प्रतियोगिताको द्धितिय, तृतीय र सान्त्वना स्थान क्रमशः धम्बोझि माबिकी गरिमा खनाल, सेन्टथोमस माबिकी अञ्जली बर्मा र जिभिएन माबिकी बर्षा पाण्डेले हात पारेकी छिन् । प्रतियोगितामा द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु १० हजार, ५ हजार र ३ हजार प्रमाण पत्र र ट्रफि हासिल गरेका छन् । यसैगरी पब्लिक स्पिच बाँके सिजन १ अन्तरगत पब्लिक च्वाईस अवार्ड जिभिएन माबिकी बर्षा पाण्डेले हासिल गरेकी छिन् । जस अन्तरगत उनले नगद रु. ५ हजार, प्रमाण पत्र र ट्रफि हासिल गरेकि छिन् ।
प्रतियोगितामा स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र कार्यक्रमका बिशिष्ट अतिथि केएल दुगड ग्रुपमा प्रमुख प्रदिप छाछेडले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न उपयुक्त फोरम पब्लिक स्पिच बन्ने जनाए । यस्ता खुल्ला प्रतियोगिताले प्रतिभावान बिद्यार्थीहरुलाई मन्च प्रदान गर्ने भन्दै यस्ता कार्यक्रमहरुमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता गरे ।


यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रममा प्रायोजन गरेको संस्था केएल डुगड ग्रुपका प्रमुख प्रदिप छाछेडले पब्लिक स्पिच कार्यक्रम जिल्ला स्तरमा उत्कृष्ट कार्यक्रम बन्ने जनाए । बिद्यार्थीहरुका लागि निकै उपयोगी कार्यक्रम रहेको बताउदै यस्ता कार्यक्रमलाई जिल्ला, प्रदेशसँगै राष्ट्रिय स्तरमा समेत लैजानु पर्नेमा जोड दिए ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको प्रतियोगिताको ब्रेक समयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले विभिन्न क्वीज खेलाएका थिए । प्रतियोगितामा प्राध्यापक रुद्र प्रसाद तिमिल्सिना, सन्तोस बहादुर खड्का र दिला शाहले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा सहभागि सबैलाई धन्यबाद ज्ञापन सहित समापन बासका केन्द्रीय कार्य वाहक अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । प्रतियोगितामा सहभागिता जनाउने सबै प्रतियोगिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने कार्यक्रममा सहकार्य गर्ने संघसंस्थाहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।


पब्लिक स्पिच बाँके दुई चरणमा सम्पन्न भएको हो । यस अघि प्रतियोगिताको पहिलो चरण अर्थात अडिसन राउण्ड फाल्गुण ७ गते नेपालगन्जमा सम्पन्न भएको थियो । अडिसन राउण्डमा सहभागि ३५ जना प्रतियोगी मध्ये १६ जना पहिलो चरणबाट नै बाहिरीएका थिए भने १९ जना प्रतियोहरु फिनाले राउण्डका लागि छनौट भएका थिए ।
बास नेपालको आयोजनामा भएको प्रतियोगितामा केएलदुगड ग्रुपको मुख्य प्रायोजन रहेको थियो भने कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी गाँउपालिका, सफल अटो मोटर पाट्स नेपालगन्ज, युवा घर, नेपाल टेलिकम, सिएसटी होटल एण्ड पार्टि प्यालेस नेपालगन्ज लगायत संस्था तथा निकायहरुको सहकार्य रहेको थियो ।

  • १६ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech