हाते कडाई तथा बुटिक तालिमको उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल घरेलु तथा साना उधोग महासंघ नेपालगन्ज समितिको आयोजनामा २० दिने आधारभूत हाते कडाइ तथा बुटिक तालिमको समुद्दघाटन भएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले तालिमको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, कार्यपालिका सदस्य विना थापा, घरेलु महासंघका अधिकृत कासिलाल शर्मा, नेपाल घरेलु तथा साना उधोग महासंघ महिला उधमी समिति बाँकेका अध्यक्ष सुमित्रा चौधरी लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

नगर महिला समितिका महासचिव मीना मल्लले स्वागत गरेको कार्यक्रमको अध्यक्षता घरेलु नगर समिति अध्यक्ष दिला शाहले गरेकि थिईन् ।
२० दिने तालिममा भिमु मगरले प्रशिक्षण दिनेछिन् । २५ जना प्रशिक्षार्थी सहित ६० जना भन्दा माथिको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

  • १९ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech