खजुराको प्रशासकीय अधिकृतमा सुबेदी

असल शासन प्रतिनिधि

खजुरा/बाँकेको खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत अर्जुन सुवेदीको सरुवा भएको छ ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायको सञ्चार तथा सूचना प्रविधी मन्त्रालयमा सरुवा भएपछि बर्दियाको राजापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत शाखा अधिकृत सुवेदीको खजुरामा सरुवा भएको गाउँपालिकाका हो ।

सुवेदीले यसअघि बर्दियाको बढैया गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेको अनुभव छ ।

उनले स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय र भूमि सुधार तथा ब्यवस्था मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा काम गरिसकेका छन् ।

  • १९ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech