कुशल राष्ट्रसेवक देबकोटा राप्तीसोनारीमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेको राप्ती सोनारी गाउँपालिकामा ओम प्रकाश देवकोटा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले राप्ती सोनारी गाउँपालिकामा देबकोटालाई सरुवा गरेको हो ।

राप्ती सोनारी अघि देवकोटा सुर्खेतको सिम्ता गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

राप्ती सोनारीमा बुधबार गाउँपालिकाका अध्यक्ष तप्त पौडेल तथा उपाध्यक्ष मनिषा चौधरी र कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत देवकोटाले समग्र गाउँपालिकाको विकास र समृद्धिका लागी आफ्नो समय खर्चिने प्रतिवद्धता जनाएका छन् ।

नीति नियममा रहेर कार्य सम्पादन गरिने हुदाँ यसमा सबैले सहयोग गर्न समेत आग्रह गरे । देवकोटा एक कुशल राष्ट्र सेवकका रुपमा परिचित छन् ।

  • १९ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech