वेस्टर्न अस्पतालमा अत्याधुनिक सुबिधा सहितको लेभल आइसियु सेवा

असल शासन प्रतिनिधि

नेपालगन्ज/बिगत १९ वर्षदेखि नेपालगन्जमा संचालन हुँदै आएको वेस्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको छ ।

आइसियुमा भर्ना हुने प्रत्येक बिरामीका लागि एक एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने व्यवस्था मिलाइएको छ ।

यस्तो सुविधा भएको आइसियु संचालन गर्ने वेस्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।

यसका साथै आइसियु मै डाइलासिस सुविधा छ । ६ वटा भेन्टिलेटर सहित अत्याधुनिक उपकरणहरु छन् ।

वेस्टर्न अस्पतालले आजै देखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेको छ भने केहि दिन मै ६ बेडको एनआइसियु संचालन गर्ने तयारी गरि रहेको छ । वेस्टर्न अस्पतालमा ९ बेडको अप्रेशन थियटर छ ।

आइसियु लगायतका सुविधाहरु बढाउनका लागि करिब ५ करोडको लागतमा उपकरण र पुर्बाधारहरु थप गरिएको छ ।

  • २२ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech