श्री एअरलाईन्सको जहाजमा आगो

असल शासन प्रतिनिधि

काठमाडौं/काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइएको छ ।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको श्री एयरको ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हुँदा धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो ।

जहाज उडेको केहीबेरमै इन्जिनमा आगो लागेको सङ्केत देखिएको थियो । यो सङ्केत देखिएपछि जाहाजलाई काठमाण्डौमै फर्काइएको हो । जहाजमा ७६ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । उनीहरु सबै सकुशल छन् ।

  • २५ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech