तुर्माखाँदमा खुल्यो अत्याधुनिक होटल

असल शासन प्रतिनिधि

अछाम/अछाम जिल्लाको तुर्माखाँदमा अत्याधुनिक होटल संचालनमा आएको छ ।

तुर्माखाँदका युवा प्रेम बहादुर बुढा र छत्रकला बयक (बुढा) ले होटल मर्निङ्ग वेल संचालनमा ल्याएका हुन् ।

सदरमुकाम मंगलसेन भन्दा करिब ५६ किलोमिटर टाढा तुर्माखाँदमा होटल मर्निङ्ग वेल सञ्चालनमा आएको छ ।

होटलका सम्पूर्ण रुमहरुमा एटेज बाथरुम सहित तातो चिसो पानीको व्यवस्था रहेको छ ।

उक्त होटलका प्रबन्ध निर्देशक प्रेम बहादुर बुढाका अनुसार, सो होटलमा विभिन्न तालिम, गोष्ठी, सेमिनार तथा बिबाह/ब्रतबन्ध जस्ता शुभकार्यका लागि प्रोजेक्टर सहितको सेमिनार हलको पनि व्यवस्था रहेको छ ।

गाडी पार्किङको समेत उचित व्यवस्था रहेको होटेल मर्निङ्ग वेलमा म:म, चाउमिन, सेकुवा, ललिपप, मटन राईस, आलुपराठा तथा ग्राहकको आवश्यक माग अनुसारका थप परिकारहरु पनि पाइन्छन् ।

अछाम जिल्लाकै नमुना होटलका रुपमा स्थापित हुँदै गरेको होटल मर्निङ्ग वेल तुर्माखाँदमा टिपिकल पारिवारिक वातावरण सहितको लोकल अर्गानिक परिकारको आनन्द लिन सकिन्छ ।

अपर कर्णाली जलविद्युत आयोजना र बेतनकर्णाली जलविद्युत आयोजना पनि यसै क्षेत्र मा पर्ने भएकोले पर्यटकीय दृस्टिकोणले पनि यो ठाउँ अत्यन्तै सुन्दर रहेको छ ।

  • २५ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech