रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

असल शासन प्रतिनिधि

काठमाण्डौँ/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई १० राजनीतिक दलले मतदान गरेका हुन् । उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे । एमाले राष्ट्रपति निर्वाचनमै एक्लै भएको थियो । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन् ।

  • २५ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech