पत्रकारहरुसँग खनिए उप-प्रमुख राई

असल शासन प्रतिनिधि

फाल्गुन ३० नेपालगन्ज, बाँके/सार्वजनिक स्थलमा रिर्पोटिङमा खटिएका मिडियाकर्मी माथि नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुखले दुव्र्यवहार गरेको बताईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा सडक विस्तार क्रममा उत्पन्न विवादका विषयमा स्थलगत रिर्पोटिङका क्रममा दुव्र्यवहार गरेको आरोप उपप्रमुख माथि लागेको छ ।

मिडियाकर्मीले सार्वजनिक चासोको विषयमा प्रश्न उठाए पश्चात नेपालगञ्जका उपप्रमुख पत्रकारहरु माथि खनिएको बताईएको छ ।

सार्वजनिक पदमा बसेका उपप्रमुख कमरुद्धिन राई सोही विवादित स्थलमा पुगेपछि रिर्पोटिङमा खटिएका मिडियाकर्मीले जिल्ला अदालत बाँकेले जारी गरेको उनी विरुद्ध पक्राउ पुर्जीका विषयमा सवाल उठान गरेपछि उपप्रमुख पत्रकारहरु माथिनै खनिएका थिए ।

जिल्ला अदालत बाँकेले उपप्रमुख राई विरुद्ध गत माघ १८ गते दोषि ठहर गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । उनी विरुद्ध जिल्ला अदालत बाँकेले सार्वजनिक न्याय विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

तर एक महिना वित्दा समेत बाँके प्रहरीले उपमेयर राईलाई पक्राउ गर्न सकेको छैन ।

हाम्रो मिडिया नेपालमा आबद्ध आशिष मल्ल ठकुरीले आफुहरु माथि दुव्र्यवहार गरेको बताएका छन् भने उपप्रमुख राईले हाम्रो मिडिया नेपालले प्रसारण गरेको भिडियो समाचारमा आफुलाई अपशब्द प्रयोग गरिएको आरोप लगाएका छन् ।

राई विरुद्ध पुर्वमन्त्री एवं पुर्व सांसद समेत रहेका सर्वदेव ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए । अदालतले प्रहरीलाई पक्राउ गर्न निर्देशन अनुरुप पक्राउ पुर्जी जारी गरेको भएपनि प्रहरी मौन बसेको छ ।

यस अघि ओझाले जिल्ला प्रहरी कार्यालय बाँकेमा उपमेयर राई विरुद्ध सार्वजनिक कसुरमा जाहेरी दिन गएपनि प्रहरीले लिन नमानेको पिडितले आरोप लगाएको छ ।

बाँके प्रहरी अनुसार, राई माथि उक्त आरोपका बारेमा अनुसन्धानकै क्रममा रहेकोले पक्राउ गर्न नसकिएको बताउदै आएको छ ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech