फोटोग्राफी समिटको तयारी तिब्र

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँकेको नेपालगन्जमा आगामी चैत २२ र २३ गते फोटोग्राफी समिट हुने भएको छ ।

अन्तरालले आयोजनामा आगामी २१ र २२ चैत्रमा नेपालगन्जमा आयोजना गर्न लागेको तेस्रो नेपालगन्ज फोटो फेस्टिवलको अवसरमा नेपालमै पहिलो पटक गर्न २ दिने नेपाल फोटोग्राफी समिट पनि गर्न लागिएको हो ।

समिटमा देशभरबाट १ सय ११ फोटो पत्रकारहरु र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रियहरु सहभागी हुनेछन् ।

‘फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतु हो नेपालगन्ज फोटोग्राफी समिट´, समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदैं ड्रोन चलाइरहेका पुस्ता एकै थलोमा भेला गदैछौं ।’

आयोजकका अनुसार नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गतको फोटो प्रतिस्पर्धामा देशभरबाट फोटो आव्हान गरिएको छ । सोमबार राति १२ बजेसम्म ९ वटा विधामा फोटोहरु आएका छन् ।

हरेक विधाका उत्कृष्टलाई पुरस्कृत गरिनेछ भने सवोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ । समाचार, दैनिक जीवन, पर्यटन, वाईल्डलाईफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी ९ विधा रहेका छन् । यी सबैं विधाबाट छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ ।

फोटोहरु छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । सदस्यहरुमा फोटो पत्रकार क्लब क्लब(पिजे क्लब)का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहेका छन् । मण्डलले छनोट कार्य मंगलबारदेखि नै शुरु गरेको छ ।

यसैगरी नेपालगन्ज फोटो फेस्टिवलका दौरान बाँके जिल्लाको विशेष फोटो प्रदर्शनी हुने भएको छ ।

बाँकेको नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा गाउँपालिका(राप्तीसोनारी, नरैनापुर, डुडुवा, बैजनाथ, खजुरा, जानकी) का पर्यटकीय स्थल, कला संस्कृति, स्थानीय मौलिक परिकार, भेषभुषा र जीवनशैली झल्कने फोटोहरु उक्त प्रदर्शनीमा राखिनेछ ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech