प्रमोदलाई समावेशी म्यूजिक अवार्ड

असल शासन प्रतिनिधि

नेपालगन्ज/ चर्चित गायक प्रमोद डिजीले समावेशी अवार्डबाट सम्मानित भएका छन् । डिजी थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम) २०७९ बाट सम्मानित भएका हुन् । गायक डिजीलाई काठमाडाैंमा एक समारोहका बीच सो अवार्ड प्रदान गरिएको हो । समावेशी म्यूजिक अवार्डमा समावेश गरिएका पाँच गीतमध्ये चर्चित गायक डिजीले ‘तोहर नथिया’ बोलको गीत उत्कृष्ट भएको थियो । पश्चिम नेपालमा चर्चित बनेको ‘तोहर नथियामा’ गायक डिजी र अन्जु चौधरीको स्वर रहेको छ ।

बाँके जिल्लाका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित निर्देशक नवराज सुवेदीले निर्देशन गरेका हुन् । गीतमा कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय छ । गीतको संगीत संयोजन तथा संगीत केशव बडुले भरेका छन् । राम आरोहको शब्दमा तयार गीतलाई राम चौधरीले छायाङ्ककन तथा सम्पादन गरेका हुन् ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech