गैसस महासंघ नेपाल बाँकेको ९ औं अधिबेशन चैत्र २० गते हुने

असल शासन प्रतिनिधि

बाँके/गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवौं अधिबेशन, २२ औं साधारण सभा २०७९ चैत्र २० गते हुने भएको छ ।

दोश्रो बाँके जिल्ला स्तरिय नागरिक सम्मेलन सहित अधिबेशन नेपालगञ्जमा हुने भएको हो ।

चैत्र ४ गते गर्ने भनिएको ९ औं अधिबेशनको मिति गैसस महासंघ नेपाल बाँके शाखाको सम्पन्न कार्य समिति बैठकले सार्ने निर्णय गरेको हो । तयारी नपुगेका कारणले अधिबेशनको मिति सारिएको हो ।

अधिबेशन भव्यताका साथ सफल पार्नका लागि उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्य समिति सदस्य मैमुना सिद्धकी र शंकर न्यौपाने सदस्य रहेको तयारी समिति, सचिव आशिष बर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयनीत खत्री सदस्य रहेको प्रचार, प्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोवकत्वमा सदस्यहरु जयन्ती खत्री र लोक बहादुर परियार सदस्य रहेको आर्थिक समिति, कार्य समिति सदस्य सुर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु अर्मिला रोकाय र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति गठन गरिएको छ ।
अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकमा कार्य समिति पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

  • १ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech