नेपालगन्जको एअरक्राफ्ट महेन्द्रनगर पुग्यो

असल शासन प्रतिनिधि

नेपालगन्ज/ महेन्द्रनगरमा डेढ करोडको लगानीमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ ।

९ वर्षअघि धनगढीमा खुलेको म्युजिएम जमिन अभावका कारण नेपालगञ्ज सारिएको थियो । नेपालगन्जमा एअरक्राफ्ट नचले पछि उक्त एयरक्राफ्ट महेन्द्रनगरमा स्थान्तरण गरिएको हो ।

यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीय स्तरमा रोजगारी सृजना गर्न र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न म्युजियम स्थापना गरिएको क्याप्टेन वेद उप्रेतीले जानकारी दिए ।

शनिबार म्युजियमको औपचारिक शुभारम्भ गरिएको हो । कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट बनाइएको छ। यसमा एकै पटक सय जनाले अवलोकन गर्न सक्छन् । बिमानको ककपिट र उडानका विषयमा पनि जानकारी लिन सक्ने उप्रेतीले बताए।

एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्विरसँगै म्युजियमबारे १० मिनेटको बृत्तचित्र पनि राखिएको छ। अवलोकन गर्न आउनेका लागि रेष्टुरेण्ट समेत सञ्चालनमा ल्याइएको छ।

क्याप्टेन वेद उप्रेती ट्रष्टले महेन्द्रनगरको भाँसीमा सञ्चालनमा ल्याएको एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मुर्ति र स्विमिङ पुलसहितको छुट्टै आर्कषण यसअघि नै स्थापित छ ।

  • ४ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech