नेपालगन्जमा कालले नरुचाएको मान्छे !

असल शासन प्रतिनिधि

नेपालगन्ज/ईन्स्पाइरिंग युथको २७० औं श्रृखलामा ‘कालले नरुचाएको मान्छे’ बृत्तचित्र प्रर्दशन गरिएको छ ।
चैत्र ५ गते नेपालगन्जमा भएको कार्यक्रममा बासका सक्रिय सदस्य तथा कलाकार कोहलपुर ९ निवासी जित बहादुर थापाको जिवनी समेटिएको बृत्तचित्र प्रर्दन गरिएको हो ।

उमेरले ५८ बर्ष पुग्नुभएका जितबहादुर शिक्षण पेशाबाट अवकास प्राप्त हुनुहुन्छ । बृत्तचित्रमा थापाको जीवनी, संघर्ष, अस्वस्थ अवस्था, स्वस्थ भईसकेपछिको जीवनमा केन्द्रीत तथ्यहरु समाबेश गरिएको छ । ३५ मिनेटको उक्त बृत्तचित्र बास नेपाल र असल शासन मिडियाद्धारा संयुक्त रुपमा तयार पारिएको हो । बृत्तचित्र लोक बहादुर घर्तीको निर्देशनमा बनेको हो ।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गर्नुभएको थियो, भने बृत्तचित्रका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले भनाई राख्नुभएको थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, खजुरा गाउँपालिकाका निर्वतमान उपाध्यक्ष एकमाया बिकले बृत्तचित्र बारे बोल्नुभएको थियो ।

एक सय जना बढीको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिसहित नाटक प्रस्तुत गरिएको कार्यक्रम बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बासका स्वयंसेवक आशिष गिरीलाई उत्कृष्ट स्वयंसेवकको रुपमा सम्मान गरिएको थियो ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech