बाघ आक्रमणबाट दुईको निधन

असल शासन प्रतिनिधि

बाघ आक्रमणबाट दुईको निधन

बर्दिया/ बर्दियाको मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका-५  का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जानकारीअनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेको पनि बिडारीले जानकारी दिए । मधुवनमा ३ वर्षयता बाघ आक्रमणको घटनामा परी मानवीय क्षति भइरहेको छ ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech