जाजरकोटमा बासको शाखा पुनर्गठन, अध्यक्षमा बिनोद

असल शासन प्रतिनिधि

जाजरकोट/भ्रष्टाचार बिरुद्द क्रियाशिल संस्था बास नेपालले जाजरकोटमा शाखा पुनर्गठन गरेको छ ।

बास नेपाल कर्णाली प्रदेश सदस्य शारदा पुन मगरको उपस्थितिमा चैत्र ६ गते सम्पन्न भेलाले ११ सदस्सिय शाखा कार्य समिति पुनर्गठन गरेको छ ।

बिनोद आरसीको अध्यक्षतामा पुनर्गठित शाखाको उपाध्यक्ष,सचिव,
सह-सचिव र कोषाध्यक्षमा क्रमश: ललिता पुन,सुशिला खड्का, पुष्पराज वली र देबीका वलीलाई चयन गरेको हो ।

सदस्यहरुमा शारदा पुन मगर,भगवती पुन,बर्षा पुन,यशुदा थापा, प्रकास सिहं र कमला सिंह चयन भएका छन् ।

पुनर्गठित शाखाका अध्यक्ष बिनोद आरसीले भ्रष्टाचार बिरुद्ध शाखालाई सशक्त रुपमा अगाडी बढाएर लैजाने बताए ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech