बर्दियाको ठाकुरबाबा र गेरुवामा जेसी परिक्षण अभिमुखिकरण

असल शासन प्रतिनिधि

बर्दिया / बर्दियाको ठाकुरबाबा नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण अन्तरगत अभिमुखिकरण गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालको अध्यक्षतामा चैत्र ७ गते भएको अभिमुखिकरण कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षणको अवधारणा, प्रक्रियाका बिषयमा कार्यपालिका, शाखा प्रमुख र सरोकारवालाहरुका बिचमा जानकारी गराईएको हो । बासका निर्देशक तथा परिक्षक हेमराज भट्टले लैससास परिक्षण को अवधारणा तथा प्रक्रियाका बिषयमा जानकारी गराएका थिए । सो क्रममा नगर प्रमुख लम्सालको संयोजकत्वमा ठाकुरबाबा नगरपालिका स्तरीय लैससास कार्यान्वयन समिति गठन गरिएको छ भने नगर उपप्रमुख बिना कुमारी भट्राईको संयोजकत्वमा लैससास परिक्षण कार्यदल गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख भट्राईले लैससास परिक्षणले पालिकाको कामको उपलब्धी मापन गर्ने भएकाले शाखा प्रमुखहरुले महत्वका साथ परिक्षणमा सहभागिता जनाउन अनुरोध गरिन् । उनले जेसी परिक्षण पालिकाको परिक्षण भएकाले सम्पूर्ण प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरिन् ।
बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत महिला तथा बालवालिका शाखा प्रमुख तथा नगरपालिकाका जेसी फोकल पर्सन गोगन सरा आचार्यले गरेका थिए ।
प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको सहयोग, ठाकुरबाबा नगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी आज नै बर्दियाको गेरुवा गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण अन्तरगत अभिमुखिकरण गरिएको छ । अभिमुखिकरणको सहजिकरण परिक्षक मन बहादुर भण्डारीले गरेका थिए ।

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech