ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको निधन

ललिता बिश्वकर्मा

दैलेख/दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको छ ।

बुधबार बिहान पौने ९ बजे उक्त दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो । ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ।

दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई सकुशल छन् ।

  • ८ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech