महेन्द्रमा खत्री निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगन्ज/महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियू निर्वाचनमा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ ।

सभापतिमा एमाले निकट अनेरास्ववियूका माधव खत्री ७५६ मत विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका जीवनराज सुवेदीले ६६६ मत पाएका छन् । त्यसैगरी, सभापतिका उम्मेदवार मुकेशसिंह कुँवरले १०९, भावना थापाले १९ र सुजल परियारले १६ मत पाएका छन् ।

सचिवमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हरेन्द्रबहादुर विक ९ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका नर्देव थारुले ६ सय ५६ मत पाए ।

त्यसैगरि कोषाध्यक्षमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका भरतराज बुढथापा आठ सय ७७ मत ल्याएर विजयी हुँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका देवी रेग्मीले सात सय ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यमा संयुक्त प्यानलका सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कँडेल, चिरन्जिवी बुढा, निराजन अवस्थी, सुशिल बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी विप्लव, राप्रपा लगायत दलका विद्यार्थी संगठन वीच गठबन्धन भएको थियो भने नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठन वीच तालमेल भएको थियो ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech