अध्यक्ष सहित आठ पक्राउ

असल शासन प्रतिनिधि

अध्यक्ष सहित आठ पक्राउ

नेपालगन्ज/ राप्तीसोनारी गाउँपालिका-५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारु, सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई हिरासतमा राखिएको छ ।

आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश बहादुर खडकाले बताउनुभयो । साल, अस्ना, कर्मा, जामुन, शिरिष लगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट उनीहरुको म्याद थप गरि थप अनुसान्धान अघि बढाइएको छ ।

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech