धनगढीका स्वास्थ्यकर्मीहरूले गरे आन्दोलनको घोषणा

तेज बोहरा

धनगढी १० चैत/ कैलालीको धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले पाँच बुँदे माग राख्दै दबाबमुलक कार्यक्रमहरू अघि बढाउने घोषणा गरेका छन् ।

शुक्रबार नगर प्रमुख गोपालबहादुर हमाललाई ५५ जना स्वास्थ्यकर्मीहरूले ज्ञापनपत्र बुझाउँदै दबाबमुलक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

धनगढी उप–महानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले आइतबार देखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप– महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।

चालु आर्थिक बर्षको तलब तत्काल व्यवस्था गरि आगामी आर्थिक वर्षको तलब भत्ता संघिय बजेट व्यवस्था भइ नआएमा स्थानीय तहबाटै व्यवस्था गर्ने गरि मासिक रुपमा उपलब्ध गराउनु पर्ने, नियमानुसार पाउनु पर्ने अध्ययन बिदा निर्बाध रुपमा पाउनु पर्ने साथै अध्ययन बिदा सकि हाजिर हुन् आएका कर्मचारीलाई तत्काल हाजिरी गराउनु पर्ने, पदस्थापन सम्बन्धमा यस धनगढी उप–महानगरपालिका अन्तर्गत समायोजन भइ आएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तत्काल ततःतत स्थानमा पदस्थापन गरिनुपर्ने, स्वास्थ्य संस्थाहरुबाट सेवा नियमित प्रबाह गर्न कम्तिमा ५ जना कर्मचारीहरुको व्यवस्था गरिनुपर्ने साथै गर्भवती, सुत्केरी, २ बर्षमुनिका बच्चा भएका र अति नै मार्कामा परेका कर्मचारीहरुलाई तत्काल पायक पर्ने ठाउमा खटाइनु पर्ने लगायतका उनीहरूले माग अघि बढाएका छन् ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् । बिगत ६ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech