नेपालगन्जमा अँध्यारो बस्तीकी नायिका !

असल शासन प्रतिनिधि

नेपालगञ्ज । साहित्यकार दिला शाहको कथा सङ्ग्रह “अँध्यारो बस्तीकी नायिका” सार्वजनिक भएको छ ।

बाँकेको नेपालगञ्जमा बास नेपालद्वारा शनिबार आयोजित एक समारोहका बीच कथाकार शाह, मदन पुरस्कार विजेता कथाकार तथा साहित्यकार महेशविक्रम शाह, लेखक शाहका बुवा मान बहादुर शाह, श्रीमान दिनेश चन्द लगायतले कथासङ्ग्रहको विमोचन गर्नुभएको हो ।

“अँध्यारो बस्तीकी नायिका” भित्र नारीले समाजमा सामना गर्नुपर्ने चुनौती र अवसर पाएमा हासिल गर्नसक्ने सफलतालाई मुख्य विषवस्तु बनाइएको कथाकार शाहले बताए ।

आफूले देखेका, सुनेका विषयवस्तुहरु कितावमा उतारेको उनको भनाइ छ । शिखा बुक्सले प्रकाशन गरेको “अँध्यारो बस्तीकी नायिका” मा १८ वटा कथा समावेश छन् ।

समाजसेवा तथा सफल उद्यमीको परिचय बनाउनु भएका दिला शाहका यसअघि गीत सङ्ग्रह”स्पन्दन”, संयुक्त गजल सङ्ग्रह सङ्खनाद र एउटा कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

बास नेपालकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए भने कार्यक्रम संचालन बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech