१०३ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अछामको तत्कालीन नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च स्वर्गीय पूर्ण बहादुर शाहको १०३ औं जन्म जयन्ती मनाईएको छ ।

शाहको १०३ औं जन्म जयन्ती कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको हो ।

पूर्णचन्द्र स्मृति संग्रहालयको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

चैत १२ गते सम्पन्न उक्त कार्यक्रममा संग्रहालयका अध्यक्ष तथा शाहका सुपुत्र लोकेन्द्र बहादुर शाहले पूण्य दिनमा वहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै वहाँको व्यक्तित्व बारे चर्चा गर्नु भएको थियो ।

संग्रहालयका सदस्य तथा शाहका नाती जयनारायण शाहले संचालन गरेको कार्यक्रममा गैसस महासँघ नेपाल बाँकेका उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष तेज बिक्रम शाह, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, पूर्व केन्द्रीय अध्यक्ष मन भन्डारी, उपाध्यक्ष शिब कुमार बर्मा, सचिब दिला शाह लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गीय शाह प्रति १ मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको कार्यक्रमका सहभागीहरुले शाहको तस्वीरमा अबिर र पुष्प अर्पण गरेका थिए । कार्यक्रममा ३५ बढीको सहभागिता रहेको थियो ।

बिकासबादी नेताको रुपमा सुपरिचित स्वर्गीय पूर्ण बहादुर शाह क्षमतावान, चर्चित व्यक्तित्व हुनुहुन्थ्यो । सुधारबादी छबि कायम गर्दै वहाँले अछामी जनताको मन जित्नु भएको थियो ।

वहाँको सम्मानमा वहाँले तुर्माखाँदको नाडामा निर्माण गर्नु भएको घरको जिर्णोद्वार गरि उक्त घरलाई पूर्णचन्द्र स्मृति संग्रहालय बनाईएको छ ।

उक्त संग्रहालयको गत बर्षको चैत १२ गते उद्घाटन गरिएको थियो ।

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech