पब्लिक स्पिच कञ्चनपुर

असल शासन प्रतिनिधि

धनगढी/ बास नेपाल कञ्चनपुर शाखाको आयोजनामा ‘पब्लिक स्पिच कञ्चनपुर’ सम्पन्न भएको छ ।

विभिन्न कलेज र विद्यालयलाई मध्यनजर गरि चैत १३ गते ‘पब्लिक स्पिच कञ्चनपुर’ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा कृष्ण सिंह साउँद प्रथम, बबिता खत्री द्धितीय, मिथ्लिका टेलर तृतीय र राधिका जोशी सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तना हुनेले क्रमशः नगद रु.१० हजार, ७ हजार, ४ हजार र १ हजार पाँच सय नगद पुरस्कार र ट्रफी प्राप्त गरेका छन् ।

जम्मा २६ जना प्रतियोगिको सहभागि रहेको प्रतियोगितामा भ्रष्टाचार नियन्त्रण र सुशासन, विज्ञान प्रविधि, लैँगिक हिंसा न्यूनीकरण, सुदूरपश्चिम प्रदेशमा आर्थिक सम्भावना, युवा र बेरोजगारी, धुम्रपान र मादक पदार्थले समाजले पार्ने प्रभाव र साइबर अपराध लगाएत ७ वटा शिर्षकहरुमा वक्तव्य राखेका थिए ।

बास नेपाल कन्चनपुर शाखाका सल्लाहकार देवराज बडुले स्वागत गरेको कार्यक्रमकोे प्रमुख अथिती जिल्ला समन्वय समितिका कन्चनपुरका प्रमुख दुर्गादत्त बोहरा रहेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बास नेपालका सुदूरपश्चिम प्रदेश संयोजक पाण्डव पुजारा, कन्चनपुरका प्रमुख जिल्लाका अधिकारी गोपाल प्रसाद अर्याल र दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका सहायक डिन हरि शंकर पन्त्त, भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी र भिमदत्त नगरपालिका सामान्य प्रशासन शाखाका सुभाष अधिकारी सहित ३ जना निर्णायक रहेको कार्यक्रमको संचालन बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
कार्यक्रममा एक सय भन्दा बढिको उपस्थिति रहेको थियो ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech