साँसद राणाले गरे पचास हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपाल केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने माननीय संघिय साँसद डा. धवलशम्शेर राणाले नगद सहयोग हस्तान्तरण गरेका छन् ।

बास नेपालको आयोजनामा चैत १३ गते नेपालगन्जमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा आफुले पाउने पारिश्रमिकबाट माननीय डा. राणाले नगद रु. ५० हजार सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माननीय डा. राणाले भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले सञ्चालन गरेको अभियानले देश विकास र सुशासन वहालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउदै असल कार्य गर्ने संस्थालाई आफूले पाएको सेवा सुविधाबाट सहयोग गरेको बताए ।

सुशासन प्रवद्र्धनमा कार्य गर्ने न्यून संस्थाहरु मध्ये बास रहेको जनाउदै उनले बासको अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरे ।

माननीय डा. राणा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख रहँदा ५ बर्ष आफूले पाएको सम्पूर्ण तलब भत्ता सामाजिक कार्यमा सहयोग गरेका थिए भने संघिय साँसद भए पश्चात समेत उनले उक्त कार्यलाई निरन्तरता दिदै आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा सहयोग गर्न शुरु गरेका हुन् ।

यसैगरी सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले समाजमा भएका बिकृती, बिसंगति बिरुद्ध बोल्ने सफल संस्थाको रुपमा स्थापीत गर्न सफल भएको बताए । उनले बासको भवन निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्ने सबै प्रति आभार प्रकट गरे । कार्यक्रममा गैसस महासँघ नेपाल  बाँकेका उपाध्यक्ष चन्द्र प्रशाद तिमिल्सना, युवा नेता ऋशिराज देवकोटा लगायतले बोलेका थिए ।

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बासका केन्द्रीय सचिब तथा साहित्यकार दिला शाहले बास नेपाल केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ नगद १ लाख ११ हजार १ सय एघार रुपैया सहयोग हस्तान्तरण गरेका थिईन् ।

उनले बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकिहुन् । यसैगरी बास नेपाल केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ समाजसेवी तथा नेपालगन्ज १८ निबासी राम प्रसाद पोख्रेलले नगद रु. ११ हजार १ सय हस्तान्तरण गरेका छन् ।

बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए । बासले नेपालगन्ज १८ मा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ ।
७ दिने उद्घोषण तालिम समापन :-
असल शासन मिडियाको आयोजनामा नेपालगन्जमा सञ्चालीत ७ दिने आधारभुत उद्घोषण तालिम समापन भएको छ ।
नेपालगन्जमा संघिय सांसद डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा तालिमका सबै सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि माननीय डा राणाले प्रमाण पत्र प्रदान गरेका थिए ।
युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले आयोजित तालिमबाट बोल्ने कलाको विकास भएको सहभागिहरुले जनाएका थिए । समापन कार्यक्रममा तालिममा सहभागि रमेश ओड र पुष्पा शर्माले प्रतिक्रिया मन्तब्य राखेका थिए । तालिममा ३२ जना युवाहरुको सहभागिता रहेको थियो ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech