सिराहामा बास नेपालको शाखा पुनर्गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको सिराहा शाखा पुनर्गठन भएको छ ।

चैत्र १२ गते बसेको भेलाले सिराहामा गोबिन्द राज बिष्टको अध्यक्षतामा पुनर्गठित ९ सदस्यीय शाखामा उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश शिवराम ठाकुर, मोगेन्द्र शाह, राम ईश्वर यादव, गिता कुमारी शाह चयन भएका छन् ।

त्यसै गरी शाखाका सदस्यहरुमा क्रमश योगेन्द्र प्रशाद यादव,कबिता थापा, नुर मेहम्बत दियाली र कृतिका थापा रहेका छन् ।

सूचनाको हकका अभियन्ता परशुराम शाहलाई भेलाले पुनर्गठित शाखाको सल्लाहकारमा चयन गरेको छ ।

  • १४ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech