हरेक १५ गते घन्किन्छ देउडा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको राझा बिमानस्थल नजिक रहेको पशुपती मन्दिरको प्राङ्गणमा नियमित देउडा कार्यक्रम भईरहेको छ ।

हरेक महिनाको १५ गते हुने देउडा कार्यक्रम यस महिनाको चैत्र १५ गते पनि भव्यताका साथ सम्पन्न भएको छ ।

देउडा कला सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको देउडा कार्यक्रममा बाजुरा जिल्लाका दिपचन्द्र उपाध्याय, अछामकि पानसरा थापा, बाजुराका जितजङ्ग कटेल, मुगुकि सबिता जैसी, हुम्लाकी पिउली सुनार, दैलेखकि गगनेश्वरी थापा, अछामकी नबिना बिसि लगाएत दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो ।

१ हजार भन्दा बढी दर्सकको सहभागिता रहेको उक्त कार्यक्रममा आयोजकको तर्फबाट पवनराज उपाध्याय र खगेन्द्र न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

  • १५ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech