रोल मोडेल जनप्रतिनिधि बन्नुपर्छ : वास्कोटा

असल शासन प्रतिनिधि

दैलेख/ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले जनप्रतिनिधिले रोल मोडेल भएर काम गर्नुपर्ने बताएका छन् । दैलेखको भगवतीमाइ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि शुक्रबारबाट सुरु भएको सकारात्मक सोच र सामाजिक जवाफदेहिता बिषयक २ दिने तालिमको सहजिकरण गर्दै बास्कोटाले यस्तो बताएका हुन् । जनताले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीको खोजि गरिरहेको बताउदै जनतालाई खुसी बनाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

भगवती माइ गाउँपालिकाको आयोजना, नवप्रवर्तन साझेदारी कोष (IPF) को आर्थिक सहयोग र बास नेपालको सहजिकरणमा सञ्चालित तालिमको पहिलो दिन प्रशिक्षक कृष्ण हरि बास्कोटाले सुशासन, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन, स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन, प्रभावकारी सेवा प्रवाह, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी बास नेपालका पुर्व केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक मन भण्डारीले सामाजिक जवाफदेहिताको औजारहरुको वारेमा सहजिकरण गरेका थिए ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा बासका पुर्व केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक मन भण्डारीले स्वागत गरेका थिए । पहिलो दिनको तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको काम कर्तब्य र भुमिकाको विषयमा स्पस्ट भएको बताउदै काम गर्ने थप उर्जा थपिएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बखत बहादुर खड्काले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास भइ काम गर्ने सकारात्मक उर्जा थपिएको बताए । तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा गपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विध्यालयका प्रअ, बिभिन्न सामाजिक संस्थाका प्रतिनिधि लगायत ७० बढिको सहभागिता रहेको थियो । तालिम चैत्र १८ गते सम्म सञ्चालन हुने छ ।

 

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech