राप्ती सोनारी ६ मा जैविक चौतारी

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालकिा वडा नम्बर ६ मा बन संरक्षणका बिषयमा छलफल भएकोे छ ।
बन संरक्षका सवाल, चुनौती र अवसरका बिषयमा जैविक चौतारी कार्यक्रम सम्पन्न भएको हो । डिभिजन वन कार्यालय बाँकेको सहयोग तथा बास नेपालको आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । राप्तिसोनारी गाउँपालीका वडा न ६ का वडा अध्यक्ष लवराज खरेल, सव डभिजिन वन कार्यालयका प्रमुख मनोज कुमार शाह, सिएफसिसि का उपाध्यक्ष होम बहादुर रावल लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।


कार्यक्रमका सहभागिहरुले वन डढेलो नियन्त्रण गर्न नसकिएको, चोरी तस्करी बढ्दै गएको, सदाबहार सामुदायिक वन क्षेत्रभित्रको अम्बाखोला पर्यटकिय स्थालको व्यवस्थान गर्न नसकिएको, कम्दी करीडोर क्षेत्रको व्यवस्थापन हुन नसकेको जस्ता विषयहरु उठान गरेका थिए । छलफल पश्चात कम्दिकरीडोर विनौना क्षेत्र भित्रको ५ वटा सामुदायिक वनलाई करिडोरमा पार्न पहल भएको र समयमै करिडोर भित्र पर्ने र सदावहार सामुदायिक क्षेत्र भित्र रहेको अम्बाखोला पर्यटकीय स्थलमा वडा कार्यालय र सव डभिजनको तर्फबाट सचेतनामूलक होडिङ्ग बोर्ड राख्ने र निकट भविष्यमै पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता गरिएको छ । ३० भन्दा बढी स्थानीय, सामुदायिक वन समितीका पदाधिकारीहरु, प्रहरी, जनप्रतनिधिहिरुको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण असल शासन मडियाका बजार प्रबन्धक तपेन्द्र बहादुर मलातीले गरेका थिए ।

  • १८ चैत्र २०७९, शनिबार प्रकाशित

  • Nabintech