नेपालगन्जमा सामाजिक जवाफदेहिता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालमा आबद्ध विभिन्न जिल्ला शाखाका पदाधिकारीलाई सामाजिक जवाफदेहिता विषयक दुई दिने तालिम दिइएको छ । मंगलबारबाट सुरु भएको तालिममा भ्रष्टाचारविरुद्ध ७७ वटै जिरल्लामा क्रियाशील संस्था बास नेपालले आफ्ना शाखा उपशाखाहरुको सशक्तीकरण गर्ने उद्देश्यले पदाधिकारीलाई सो तालिम दिएको हो ।

बास नेपालका केन्द्रीय सचिव दिला शाहले संचालन गरेको तालिमको उद्घाटन सत्रमा बास नेपालको उपाध्यक्ष शिवकुमार बर्माले स्वागत गरेका थिए । बास नेपालका केन्दीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएकोे तालिममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको विषयवस्तु र उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा बास नेपालका निवर्तमान अध्यक्ष रमेस सिटौला, पूर्व अध्यक्ष मन भण्डारी, बागमती प्रदेश सांयोजक ईश्वर दाहाल, लुम्बिनी प्रदेश संयोजक खेम बिष्ट,बास नेपालका जनसम्पर्क विभाग प्रमुख कमल शाहीको उपस्थिति रहेको थियो ।

तालिमको पहिलो दिन बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले युवा परिचालन, भ्रष्टाचारविरुद्धको अभियान र सञ्जालीकरण, कार्यकारी निर्देशक नमस्कार शाहले असल शासन, शासनका तत्वहरु, असल शासनका बाधक तत्वहरु, निवर्तमान अध्यक्ष रमेश सिटौलाले सकारात्मक सोच र युवा सशक्तीकरण, केन्द्रीय सचिव दिला शाहले सृजनशीलता र तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । तालिममा सिराहा, दोलखा, चितवन, लमजुङ, दाङ, जाजरकोट, सुर्खेत, दैलेख, मुगु, जुम्ला, डोटी, बाजुरा, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाका ४० जना सहभागी रहेको तालिम चैत्र २२ गतेसम्म संचालन हुने छ ।

 

  • २१ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech