सामाजिक जवाफदेहिता तालिम समापन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालमा आबद्ध विभिन्न जिल्ला शाखाका पदाधिकारीको सहभागितामा संचालित सामाजिक जवाफदेहिता विषयक दुई दिने तालिम समापन भएको छ । चैत्र २१ गते मंगलबारदेखि शुरु भएको तालिम बुधबार समापन भएको हो । शाखा उपशाखाहरुको सशक्तीकरण गर्ने उद्देश्यले बास केन्द्रीय कार्यालयको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा बोल्दै बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले तालिमबाट सिकेको कुरालाई जिल्लामा फर्किएर लागु गर्न अनुरोध गरिन् । बासले समय समयमा शाखा, उपशाखा तथा इकाईहरुको क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्दै आएको उनको भनाइ थियो ।

तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तव्य राख्दै तालिमका सहभागी बास चितवन शाखाका अध्यक्ष मणिराज अधिकारीले तालिम अपेक्षा गरेभन्दा सफल भएको प्रतिक्रिया दिए । उनले तालिमबाट सामाजिक जवाफदेहिता, सूचनाको हक, सुशासन, सकारात्मक सोच लगायतका विषयमा प्रष्टता भएको बताए । उनले सिकेको कुरालाई तत्काल शाखा बैठक गरी सेयरिङ गर्ने उनको प्रतिबद्धता थियो । यसैगरी समापनमा बोल्दै बास डोटी शाखाका अध्यक्ष सरिता कठायतले सामाजिक रुपमा चिनाउन बासको भूमिका महत्वपूर्ण रहेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानलाई जिल्लामा सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता गरिन् । उनले तालिम निकै प्रभावकारी रहेको बताउँदै सिकेको कुरालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता गरिन् ।

तालिमको दोश्रो दिन सूचनाको हकका विभिन्न विषयमा बासका निर्देशक हेमराज भट्ट, सामाजिक जवाफदेहिताका विषयमा बासका पूर्व अध्यक्ष मन भण्डारीले सहजीकरण गरेका थिए । तालिमको अन्त्यमा साझा कार्ययोजना तयार गर्न बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेका थिए ।

बासका केन्द्रीय सचिव दिला शाहले संचालन गरेको समापन कार्यक्रममा धन्यबाद ज्ञापन बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले गरेका थिए भने समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।

समापन कार्यक्रममा बास नेपालका निवर्तमान अध्यक्ष रमेस सिटौला, पूर्व अध्यक्ष मन भण्डारी, बागमती प्रदेश सांयोजक ईश्वर दाहाल, लुम्बिनी प्रदेश संयोजक खेम बिष्ट, बास नेपालका जनसम्पर्क विभाग प्रमुख कमल शाही लगायतको उपस्थिति रहेको थियो ।
तालिमको पहिलो दिन बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले युवा परिचालन, भ्रष्टाचारविरुद्धको अभियान र सञ्जालीकरण, कार्यकारी निर्देशक नमस्कार शाहले असल शासन, शासनका तत्वहरु, असल शासनका बाधक तत्वहरु, निवर्तमान अध्यक्ष रमेश सिटौलाले सकारात्मक सोच र युवा सशक्तीकरण, केन्द्रीय सचिव दिला शाहले सृजनशीलता र तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । तालिममा सिराहा, दोलखा, चितवन, लमजुङ, दाङ, जाजरकोट, सुर्खेत, दैलेख, मुगु, जुम्ला, डोटी, बाजुरा, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाका ४० जना को सहभागिता रहेको थियो ।

  • २२ चैत्र २०७९, बुधबार प्रकाशित

  • Nabintech