सेवा प्रबाहलाई प्रभाबकारी बनाउन १५ बुँदे सामुदायिक प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको खजुरा गाउँपालिकाको सेवा सुविधालाई प्रभावकारी बनाउन सामुहिक प्रतिबद्धता गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच सेवाप्रबाहलाई प्रभाबकारी बनाउने विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा कर्मचारीले सेवा प्रबाहलाई प्रभाबकारी बनाउन १५ बुँदे सामुदायिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

खजुरा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएपछि पालिकाको बिविध पक्षमा सुधारको थालनी गरेका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीको विशेष पहल र गाउँपालिका अध्यक्ष डम्बर बिकको निर्देशनमा भएको कार्यक्रममा जारी गरिएका प्रतिबद्धताहरुमा आर्थिक अनुशासन र सदाचाचारितालाई पालना गर्ने, सेवाग्राहीप्रति उचित र समान ब्यबहार गर्ने, स्थानीय सरकारको आलोचना नगर्ने, स्थानीय सरकारको सभा र कार्यपालिकाबाट भएका निर्णय पुर्णरुपमा कार्यान्वयन गर्ने, कागजजात र प्रक्रिया पुगेका नागरिकको काममा कुनै कुनैपनी बाहानामा ढिलासुस्ति नगर्ने, गर्न नसक्ने कामलाई लिखित कारण सहित जवाफ दिने, कुनै पनि सूचना नलकाउने, खरिद प्रक्रियालाई पुर्ण पारदर्शी बनाउने, हरेक महिना गरेका कामको विवरण सार्वजनिक गर्ने, कुनै पनि कार्यक्रमको खर्च विवरण सहभागिबिच सार्वजनिक गर्ने, समय पालना, परिचयपत्र र पोशाखको प्रयोग गर्ने, कानुन विपरित कुनै काम नगर्ने, ब्यक्तिगत लाभ हुने कुनैपनी काम नगर्ने, ब्यक्तिगत आचरणमा ध्यान दिने, ब्यक्तिगत लाभहुने कामको लागि अनावश्यक दबाब नदिन सबैलाई अनुरोध गर्ने रहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष वर्डा अध्यक्षज्युहरु, कार्यपालिका सदस्यहरु, पालिकाका शाखा प्रमुखहरु, वडा सचिवहरु, स्वास्थ संस्थाका प्रमुखहरु र संपुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech