चर्चीत साहित्यकारहरुको नेपालगन्जमा भब्य स्वागत

असल शासन प्रतिनिधि

नेपालगन्ज । टिकापुर साहित्य महोत्सबमा आउने चर्चीत साहित्यकारहरुलाई बास नेपालले नेपालगन्ज विमान स्थलमा स्वागत गरेको छ ।
साहित्यको विसाल मन्च टिकापुर महोत्सबका लागि काठमाण्डौ लगायत देशका विभिन्न स्थमा रहेर साहित्यको क्षेत्रमा कलम चलाईरहेका झण्डै दुइ दर्जन साहित्यकारहरुलाई स्वागत गरिएको हो ।

आज विहान करिब ९ बजेर ३० मिनेटमा नेपालगन्ज बिमान स्थलको अति बिशिष्ट कक्षमा बास टिमले खादालगाएर स्वागत गरेको थियो । उक्त अवसरमा बासका निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिब कुमार बर्मा, सचिब दिला शाह, निर्देशक हेमराज भट्ट, केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलाती, लेखा अधिकृत राष्टि बुढा मगर, लेखा सहायक प्रदिप बोहरा, प्रशासकिय अधिकृत शुद्ध प्रशाद चौधरी, सहजकर्ता रमिता शाह, जानकी बिकले स्वागत गरेका थिए ।
स्वागत पछि साहित्यकारहरुले दुई दर्जन साहित्यकारहरु एकै स्थानमा हुदा ठुलो स्वागत पाएकोमा खुसी लागेको बताएका थिए । विमान स्थलमा भब्य स्वागत गरेकोमा बास नेपाललाई धन्यबाद ज्ञापन गरेका थिए । बास नेपाल टिकापुर साहित्य महोत्सबको एक आयोजकको रुपमा रहेको छ ।

  • २४ चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech