बिद्युतीय दूर्घटनाबाट बच्न सचेतना

असल शासन प्रतिनिधि

नेपालगन्ज / बिद्युतीय दूर्घटनाबाट बच्न सचेतनाका लागि नेपालगन्जमा बिद्युतिय सुरक्षा दिवस मनाईएको छ ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय र नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको संयुक्त आयोजनामा दिवस मनाईएको हो ।
विद्युतिय दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ भन्ने मूल नाराका साथ नेपालगन्ज स्थित बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रबाट प्रभातफेरी गरिएको थियो । उक्त पैभातफेरी नेपालगन्जको गणेशमान चौक, बि.पी. चौक, धम्बोझि चौक, पुष्पलाल चौक, बसपार्क हुदै नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा पुगेर समापन गरिएको थियो ।


विद्युत संवेदनशिल र जोखिमपूण भएकाले कसरी बच्ने भन्ने बिषयमा सचेतनाका लागि र्यालीको आयोजना गरिएको बिद्युत प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख हरि प्रसाद पाण्डे, सहायक प्रबन्धक टंक गिरी, नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेल, कर्मचारी, बिद्यार्थी, पत्रकार र प्रहरी लगाएतको उपस्थिती रहेको नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रसाशकिय अधिकृत भवानी चन्दले बताए ।

  • २६ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech