गैसस महासँघ नेपाल बाँकेको अध्यक्षमा तिमिल्सिना

असल शासन प्रतिनिधि

नेपालगन्ज/ गैरसरकारी संस्था महासँघ नेपाल बाँके शाखाको ९ औं अधिबेशनबाट चन्द्र प्रसाद तिमिल्सिना अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

निर्वाचित हुने अन्य पदाधिकारीहरुमा निर्मला सुनार उपाध्यक्ष, आशिष बर्मा सचिव, परिना चौधरी सह-सचिब र सुर्यलाल यादव कोषाध्यक्ष रहेका छन् ।

यसैगरी सदस्यहरुमा मन भन्डारी, तारा खत्री, रमेश सिटौला, तारा वलि, राधा केवट, राजन बर्मा, भगवती बराल, गणेश भट्टराई, बिजया रोकाया, प्रेमा रोकाय निर्वाचित भएका छन् ।

चैत २० गते सम्पन्न अधिबेशनमा खुला तर्फ सहमती नभए पछि निर्वाचन भएको थियो । निर्वाचनमा खुला तर्फ मुस्ताक राई र बिष्णु अधिकारी पराजित भएका थिए ।

निर्वाचन अधिकृत केशब कोइरालाले निर्वाचित सदस्यहरुबाट कार्य समितिको पदाधिकारीको बिभाजन गरिएको बताए । उनले पदाधिकारीहरुको कार्य बिभाजन सर्बसम्मत भएको बताए ।

निर्वाचन अघि उद्घाटन सत्र भव्यताका साथ सम्पन्न भएको थियो । उद्घाटन सत्र पछि बन्द सत्र भएको थियो । बन्द सत्रमा सचिब आशिष बर्माले पेश गरेको प्रगति र कोषाध्यक्ष निर्मला सुनारले पेश गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरिएको थियो । अधिबेशनको अध्यक्षता अध्यक्ष नमस्कार शाहले गरेका थिए ।

  • २७ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech