राप्ती सोनारीमा ७ बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । ७ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै राप्ती सोनारी गाँउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
राप्ती सोनारी गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा राप्ती सोनारी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयमा सार्वजनिक सुनुवाईमा गरिएका सझाँ प्रतिबद्धताहरुमा पालिका भित्र आम नागरिकहरुको सहभागिता रहने कार्यक्रमहरुमा अनिवार्य सबै जनप्रतिनिहरु उपस्थित हुने, गाँउपालिका भित्र रहेका खोला नदिबाट अवैध रुपमा अनुमति बिना नदिजन्य पदार्थ चोरी निकासी भईरहेको भन्ने गुनासो आएकाले सो नियन्त्रणका लागि सम्बन्धीत निकायसँग समन्वय गर्ने, सम्पूर्ण प्रक्रिया पुरा भई पेश भएका फाईलहरु विना झन्झट छिटो छरीतो रुपमा फच्यौट गर्ने, विभिन्न समयमा कृषि बालिमा भएको नोक्सानीको क्षती पूर्ती बापतको रकम हाल सम्म समेत कृषकहरुले नपाएको भन्ने गुनासो आएकाले रकम निकासाका लागि यथासक्य पहल गर्ने, वडा नम्बर ८ मा सञ्चालीत सर्पदंश केन्द्रको सेवा विस्तारका लागि आवश्यक पहल गर्ने, गाँउपालिका भित्र चल्ने सवारी साधनको साझा मापदण्ड कायम गर्न सवारी निर्देशिका तयार गरि कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ ।


स्थानीय गाँउपालिका बासि र सरोकारवालाहरु बिचमा झण्डै अढाई घण्टा भएको प्रश्नोत्तर प्रश्तात सेवा सुधारका लागि साझाँ प्रतिबद्धता गरिएको हो । सुनुवाईको शुरुवातमा राप्ती सोनारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले राप्ती सोनारी गाँउपालिकाले दोश्रो चौमासिकमा गरेका कार्यहरु र प्राप्त उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए । एक दर्जन बढी सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ सुनुवाईमा जवाफदेहि बक्ताको रुपमा आसिन गाँउपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिष सिहं थारु, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले दिएका थिए । सुनुवाईका सहभागिहरुले पालिकाको सेवा सुधारका लागि पालिकालाई सुझाव समेत दिएका थिए ।


बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले सञ्चालन गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईमा बासले गरेको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । सुनुवाईमा २०० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech