खै ध्यान गएको ?

आशा हमाल

नजिकै आईरहेको नयाँ बर्ष २०८० लाई स्वागत गर्न आतुर मेरो मन मष्तिष्कले सम्झियो टिकापुर पार्क लाई ।

टिकापुर पार्कलाई सम्झि रहँदा त्यहाँको बाताबरण, त्यहाँको सौन्दर्यता, पार्क पछाडि आफ्नै तालमा बगिरहेको कर्णाली नदि र त्यहाँ नयाँ बर्षमा आउने आन्तरीक र बाहृय पर्यटकहरुको घुईंचो जसले गर्दा टिकापुर पार्कमा एकै दिनमा पनि नगरपालिकाले टिकट बेचेर लाखौं रुपैयाँ एकत्रित गर्न सफल हुन्छ ।

यति कुरा लेखिरहँदा दिमागमा एउटै कुराले घोची रहेको छ । मनमा टिकापुर पार्कलाई लिएर बिभिन्न किसिमका बिचारहरुले पिरोल्न थालेको छ । हामी टिकापुर वासिन्दाहरुले टिकापुरलाई स्मार्ट सिटी र ग्रिन सिटी भनेर चिनाई रहँदा र भनिरहँदा कतै हामीहरु हाँसोको पात्र त भैरहेका छैनौं ? कतै आफैंले आफैंलाई जिस्क्याई रहेका त छैनौ ?

बिषेश गरेर स्थानीय सरकारको रुपमा रहने नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र वडाका अध्यक्ष, उपाध्यक्ष त्यसै गरि इलाका प्रसाशन प्रमुख र ईलाका प्रहरी कार्यालयका प्रमुखहरुले नयाँ बर्षको पूर्ब सन्ध्यामा टिकापुर पार्कका लागि के कति को ध्यान दिनु भएको छ र त्यहाँ आउनु हुने आन्तरीक तथा बाह्य पर्यटकहरुको ध्यान आकर्षित गराउनका लागि टिकापुर पार्कलाई व्यवस्थित गर्न के, के गतिविधि भरहेको छ ? टिकापुर पार्क भनेको यो ठाउँको भविष्य हो, गहना हो । त्यसैले सरोकारवालाहरु जुटौं टिकापुर पार्कको संरक्षण गर्नका लागि ।

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech