बन डढेलो रोकथाम सबैको सरोकार

असल शासन प्रतिनिधि

अर्घाखाँची/ जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले बन डढेलो नियन्त्रण गर्न सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । बास नेपाल र डिभिजन बन कार्यालय अर्घाखाँचीकोे आयोजनामा सोमवार सम्पन्न बनसँग सेलिब्रेटी कार्यक्रममा बोल्दै उनले हरेक वर्ष बन डढेलोबाट ठुलो धनजनको क्षती हुने गरेको बताउदै यसको रोकथाम गर्न जरुरी भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले पर्यावरणको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउदै बन संरक्षणका लागि सबै लाग्नु पर्ने बताए । अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द रिजालले मान्छेले जानेर नजानेर बनमा डढेलो लगाउने गरेको बताउदै मर्यादित समाज निर्माण गर्न सबैको भुमिका रहेको बताए । हरियो बन नेपालको धन नारा नारामै सिमित रहेको बताउदै रिजाले भने “जंगलमा डढेलो लगाउने जोकोहीलाई कानुनको दायरामा ल्याएर कार्बाही गर्ने कुरामा पछी हट्ने छैनौ ।”

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समिति महासंघ अर्घाखाँचीका अध्यक्ष जगत प्रसाद भुसालले डढेलो नियन्त्रण, बन तथा बाताबरण फडानी नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए ।
कार्यक्रममा लोक तथा दोहोरी गायक राजन के.सी. र गायिका बबिता क्षेत्रीले बिभिन्न सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । डढेलो नियन्त्रण सम्बन्धी बास नेपालले तयार पारेको डकुमेन्ट्री राधा प्रस्तुत गरिएको कार्यक्रममा २ सय बढिको सहभागीता रहेको थियो ।


बास नेपाल अर्घाखाचीका अध्यक्ष प्रर्शुराम पाण्डेको अध्यक्षता रहेको कर्यक्रममा डिभिजन बन कार्यलयका अर्घाखाँचीका निमित्त प्रमुख, सहायक बन अधिकृत मदन प्रसाद ढंगानाले स्वागत संगै कार्यक्रमको उद्देश्यमाथी प्रकास पारेका थिए । बास नेपाल अर्घाखाचीका उपाध्यक्ष सावित्री केसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमे बास नेपालका पुर्ब अध्यक्ष मन भण्डारीले सञ्चालन गरेका थिए ।

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech