गर्मी बढ्दैछ, के गर्दैछ विद्युत ?

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्जमा गर्मी बढ्दैछ, हरेक बर्षको गर्मीयाममा नेपालगञ्जमा बिद्युत अनियमित हुँदै आएको छ ।

यसै सन्दर्भमा नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रले के तयारी गरिरहेको छ ? यो आम चासोको बिषय हो ।

सार्वजनिक सरोकारको बिषयमा सूचना माग गरि आम नागरिकहरु समक्ष सूचना प्रबाह गर्ने उद्धेश्यले बिद्युतसँग सूचना माग गरिएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज १२ निवासी नमस्कार शाहले सूचना माग गर्दै निबेदन दर्ता गराएका छन् ।

शाहले गर्मियाम बढिरहेको समयमा बर्षेनि हुने बिद्युत अनियमिततालाई नियमित गर्नका लागि गरिएको तयारी बारे सूचना मागेका छन् ।

उनले बिद्युत सेवा प्रबाह नियमित गर्नका लागि त्यस कार्यालयबाट भएका पहलहरु र यस आ.ब.मा भएका सुधारका कार्यहरुको बिबरण मागेका छन् ।

माग गरिएका सूचनाहरु समयमै प्राप्त हुने आशा शाहले गरेका छन् ।

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech